
बालिकालाई च्यापेर मार्ने ग्रेडर चालकलाई कारबाहीको माग गर्दै सुरु भएको विद्यार्थीको आन्दोलन तीव्र बनेपछि जिल्ला स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा लगाएको छ ।
शुक्रबार पनि किशोरीको मृत्युको विषयलाई लिएर धनगढी तनावग्रस्त बनेको छ ।
बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको निधन भएको घटनालाई लिएर स्थानीय र विद्यार्थी शुक्रबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।
सााइकलमा विद्यालय गइरहेकी उनको घटनास्थलमै निधन भएपछि बिहीबारदेखि नै विद्यार्थी र स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।

स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि स्थानीय र विद्यार्थीले प्रदर्शनलाई जारी राखेका हुन् ।
मृतक चेतनालाई न्याय दिनुपर्ने माग राख्दै निषेधाज्ञालाई बेवास्ता गरेर आन्दोलनमा उत्रिएका उनीहरुले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्तिको दिनुपर्ने माग राखेका छन् ।