
फोटो साभार्: अन्नपुर्ण पोष्ट
भारतमा रहेकी अभिनेत्री मनिषा कोइराला भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छिन् ।
लिम्पियाधुरा कालापानि र लिपुलेक सहितको नेपालले नक्सा सार्वजनिक भएपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानेका थिए ।
मंगलबार बेलहिया नाकाबाट उनि स्वदेश फर्किएको कुरा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।
सीमा पुगेकी उनलाई सीमामा धेरै बेर रोकिनु परेन, नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको स्रोतले बताए ।‘मनिषा कोइराला भारतबाट नेपालतर्फ आएको भन्ने बेलहियाबाट जानकारी पाएको प्रजिअ पन्थले बताए । अन्य बिषयमा भने‘ जिल्ला प्रशासनसगँ कुनै समन्वय नभएको हुदाँ थाहा नभएको पनि बताए ।
साथै उनको परिवार होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।’