
केही हप्तायता देशभर चिसो बढेको महशुस हुन थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दैनिक सरदर दुई डिग्री सेल्सियसका दरले घटिरहेको छ । देशभर चिसो बढेसँगै तराईका केही ठाउँमा हुस्सु लाग्न थालेको छ । हिमाली क्षेत्रमा भने बाक्लो हिमपात हुन थालेको छ ।
आज पनि देशका केही भुभागमा मौसम आंशिक बदली हुने संभावना छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, आज राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ ।