
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले भोलिदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ ।
बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।
केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिनुभयो । भोलि बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइने उहाँले बताउनुभयो ।
अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुने प्रवक्ता राईले जानकारी दिनुभयो ।
केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ ।