
- दोलखामा १२ बजेसम्म खोलियो
- सुर्खेतमा पनि अवज्ञाको धम्की
- पोखराका व्यवसायीको चेतावनी
- वीरगन्जमा युवाको प्रदर्शन
- हेटौंडामा व्यवसायी पसल खोल्ने, प्रहरी बन्द गर्ने
- नेपालगन्जका व्यवसायीले मागे राहत
बिज्ञप्ती मार्फत साना उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आज (बिहीबार)देखि बिहान ११ बजेसम्म सबै खालका पसल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ । ७१ दिनदेखि जारी लकडाउनका कारण व्यवसायीलाई घरभाडा, बैंकको ब्याज र कर्मचारीको तलब दिन समस्या पर्न थालेको व्यवसायीहरू बताउँछन् ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अन्य विकल्प नसोची लकडाउन मात्रै लम्ब्याउँदै गर्दा व्यवसाय धरापमा पर्दै गएको भन्दै देशभरका उद्योगी–व्यवसायी आन्दोलित बनेका हुन्।
बिज्ञप्ती अनुसार व्यवसाय खुला गरे पनि कोभिड-१९ बाट बच्नका लागि अपनाउनु पर्ने सामान्य उपाय अपनाउने महासंघले जनाएको छ। सरकार र विश्व स्वास्थ संगठनले तोकेको न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्ने महासंघको भनाइ छ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघले लकडाउन लम्ब्याउँदै जाने सरकारी नीतिको विरोध गर्दै लकडाउन खुकुलो बनाउन माग गरिसकेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन मात्रै बढाउँदै लैजाने सरकारी नीतिप्रति महासंघले विरोध जनाएको छ ।
