
पर्सामा लकडाउनका कारण ७३ दिनदेखी बन्द रहेको पसल तथा व्यावसायहरु जोर–विजोर प्रणालीमा खुल्ने भएको छ । शुक्रबारदेखि जोरबिजोर प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सुचना अनुसार २०७७ जेठ २३ गते देखी कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
यसैगरी जोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने सुचना मा जनाइएको छ ।
त्यसैगरि, सिनेमा हल, जिमखाना, सार्वजनिक यातायतका साधनहरु र अन्य भिडभाड हुने स्थानहरु पुर्ण रुपमा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले एक सुचना प्रकाशित गर्दै पसल तथा व्यावसायहरु जोर–विजोर प्रणालीमा खुल्ने निर्णय गरेको हो ।