
अमेरिकी राष्ट्रपति जो बाइडनले समलैङ्गिक विवाहलाई मान्यता दिने विधेयकमा हस्ताक्षर गर्नुभएको छ ।
गत शुक्रवार अमेरिकी संसदको प्रतिनिधि सभाले समलैङ्गिक विवाहलाई मान्यता दिने विधेयक पारित गरेको थियो । अमेरिकी संसदको उच्च सदन सिनेटमा पारित भइसकेको विधेयक, राष्ट्रपति बाइडनले हस्ताक्षर गरेसँगै लागू हुने भएको छ ।
अब अमेरिकामा पनि समलैङ्गिक विवाह र फरकफरक यौनिक पहिचान भएका नागरिकबीचको विवाहले कानूनी मान्यता पाउने छ ।