१० बैशाख २०८२, बुधबार

माधवको चुनावी समीक्षा : ५० प्रतिशत सफल, बेहोसियारीले थ्रेस होल्ड कटेन

319873006 1116491089050326 8739953191737491622 n.jpg 1

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टी ५० प्रतिशत सफल भएको बताएका छन् ।

पार्टीका नवनिर्वाचित सांसदहरूलाई बधाई दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचनका कार्यक्रममा होसियार नहुँदा केही सिट घटेका कारण अपेक्षित नतिजा नआएको बताए ।

अध्यक्ष नेपालले भने, ‘२० जना उम्मेदवार हामीले उठाएका थियौं । १० जना निर्वाचित हुनुभयो । हामीले ५० प्रतिशत सफलता हासिल गरेका छौं । योभन्दा बढी सफलताको अपेक्षा थियो । निर्वाचनको समयमा बेहोसियार हुँदा चार सिट घाटा लाग्यो । हामीले थ्रेस होल्ड कटाउन सकेको भए समानुपातिकतर्फबाट चार सिट जित्थ्यौं ।’

उनले चुनावी नतिजाको समीक्षा गर्न पुस ५ गते भित्र जिल्लाका नेतृत्वलाई समीक्षात्मक रिपोर्ट केन्द्रमा पठाउन निर्देशन दिएको जानकारीसमेत दिए ।

    सम्बन्धित समाचार...