
बलिउड अभिनेता अक्षय कुमार फोर्ब्स म्यागजिनले तयार पारेको संसारका सय जना सेलिब्रेटीको सूचीमा परेका छन्।
फोर्ब्सले हरेक वर्ष विश्वका सबैभन्दा धेरै आम्दानी गर्ने एक सय सेलेब्रिटीको सूची सार्वजनिक गर्छ। जसमा कलाकारको वर्षभरको कमाईका आधारमा उल्लेख गरिन्छ।
अक्षय कुमार यो वर्ष पनि भारतका सबैभन्दा बढी कमाउने कलाकारको सूचीमा परेका छन् । विश्वभरका धनाढ्यहरूको सूची तयार गरेर सार्वजनिक गर्ने फोब्स म्यागेजिनको सन् २०२० को सूचीमा बलिउड कलाकारमा अक्षय कुमार मात्र समेटिएका छन् । उनी बलिउडका यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने कलाकारको सूचीमा परेका छन् ।
उनी गत वर्ष पनि फोब्सको सूचीमा परेका थिए । अभिनेता अक्षय कुमारले ४८.५ मिलियन डलर अर्थात् ३६२ करोड भारतीय रुपैयाँ आम्दानी गरेको फोब्सले आफ्नो रिपोर्टमा सार्वजनिक गरेको छ । फोब्सको सूचीमा अभिनेता अक्षय कुमार ५२औं नम्बरमा छन् । अक्षय कुमारले चलचित्र र विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने मनोरञ्जन दुनियाँका सेलिब्रिटको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन् ।
अक्षयले हलिउड सेलिब्रिटी जेनिफर लोपेजलाई पनि उछिनेका छन् । अक्षय कुमारले चलचित्र, विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन् ।
एक वर्षकै ४ वटासम्म चलचित्रमा अभिनय गर्ने अक्षयको हातमा अहिले विज्ञापनको पनि कमी छैन । सामाजिक कथा बोकेका चलचित्रमा काम गरेपछि उनको करिअर चम्किएको छ । यसैले उनको ब्रान्ड भ्यालु पनि बढेको छ ।
फोब्सले सेलिब्रेटीहरूको छुट्टै सूची तयार गर्दै आएको छ । यो सूचीको पहिलो नम्बरमा हलिउड अभिनेत्री केली जेनरलाई फोब्सले राखेको छ । केलीले यो वर्ष ५९० मिलियन डलर आम्दानी गरेकी छन् । यता अभिनेता अक्षयले फोब्सको धनाढ्य सेलिब्रेटी सूचीमा हलिउड सेलिब्रिटी जेनिफर लोपेजलाई पनि पछि पारेका छन् । आफ्नो नाम यो सूचीमा परेकोमा अभिनेता अक्षय कुमारले दर्शकलाई धन्यवाद दिएका छन् । दर्शकहरूको मायाले आफू यसपटक पनि यो सूचीमा पर्न सकेको उनको कथन छ ।