
कतारमा भएको विश्वकप जितेर स्वदेश फर्किएका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले टफ्रीसँग सुतेको फोटो सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सन्जालमा ‘गुड मर्निङ’ लेखेर ट्रफीसँग सुतेको फाटो सार्वजनिक गरेका हुन् ।
कतारबाट अर्जेन्टिनाको फुटबल टोली सोमबार राति स्वदेश फर्किएको हो । उनीहरूलाई लिन अर्जेन्टिनाबाट विमान पुगेको थियो ।
आफ्नो कप्तानीमा ३६ वर्षपछि मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताएका हुन् । जितमा उत्सव मनाउन अर्जेन्टिना सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।


