७ बैशाख २०८२, आईतवार

निर्वाचनमा सम्मानजनक उपलब्धि हासिल गरेकोमा राप्रपालाई अमेरिकी राजदूतको बधाई

321443639 571569304804074 5172177460746505348 n.jpg

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले निर्वाचनमा सम्मानजनक उपलब्धि हासिल गरेकोमा राप्रपालाई बधाई दिएका छन् । 

धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा बुधबार दिउँसो पुगेका राजदूत थम्पसनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा बधाई दिएका सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

साथै राजदूत थम्पसनले लिङ्देनलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना पनि दिएका छन् । 

सो भेटका क्रममा पार्टी अध्यक्ष लिङ्देन र राजदूत थम्पसनबीच समसामयिक विषय र दुईपक्षीय सम्बन्धको विषयमा पनि कुराकानी भएको प्रवक्ता श्रेष्ठले बताए । 

321484816 646227547250264 175999311874459420 n.jpg
321443639 571569304804074 5172177460746505348 n.jpg
321296217 820394279055389 5093005328152512081 n.jpg

    सम्बन्धित समाचार...