१० बैशाख २०८२, बुधबार

थुनामुक्त हुँदै चार्ल्स शोभराज आज, यस्तो छ तयारी

cc29de4d26763991c92e18048b1663a3

नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज थुनामुक्त गरिने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई आज थुनामुक्त गर्न लागिएको हो ।

कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय कारागारमा पुगेपछि उनलाई छाड्ने प्रक्रिया सुरु हुने केन्द्रीय कारागार स्रोतले जनाएको छ ।

भक्तपुर जिल्ला अदालतमा पनि शोभराजको अर्को मुद्दा रहेकाले केन्द्रीय कारागारबाट उनलाई भक्तपुर लगिने र त्यहाँ बाँकी प्रक्रिया पूरा गरेर सिधै विमानस्थल लगेर फ्रान्स पठाउने तयारी रहेको स्रोतले जनाएको छ ।

अन्तर्राष्ट्रिय रुपमै कुख्यात हत्याराको परिचय बनाएका शोभराज सन् २००३ मा पक्राउ परेका हुन । उनी १९ वर्ष भन्दा लामो समयदेखि नेपालको जेलमा रहेका छन् । सर्वोच्च अदालतले उनको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए बुधबारबाट कैद मुक्त गर्न आदेश दिएको थियो ।

शोभराजलाई १५ दिनभित्र उनको आफ्नै देश फ्रान्स फर्काउन अदालतले आदेश दिएको छ । उनी मुटु रोगी समेत भएको र ७५ प्रतिशत कैद सजाय भोगिसकेकाले थुनामुक्त गर्न लागिएको जनाईएको छ ।

सर्वोच्चले भन्यो- चार्ल्स शोभराज रोगी र वृद्ध भए, ७५ प्रतिशत सजाय काटे आजै छाडिदिनू

ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका फ्रान्सका नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुनुवाइ गर्दै आजै थुनामुक्त गर्न आदेश दिएको हो । उनले ७५ प्रतिशत सजाय काटिसकेको र ७८ वर्ष अर्थात् वृद्ध भइसकेको हुँदा थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।

न्यायाधीशद्वयको इजालासको फैसलामा भनिएको छ,‘निवेदकलाई उच्च अदालत, पाटनले २०७५/३/२० मा यसै अदालतबाट २०७५/११/१२ मा निवेदकको उमेर ७४ वर्ष भइसकेको र तथ्यमा विवाद नरहेको, निज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र निजलाई तोकिएको कैदमध्ये करिब ७५ प्रतिशत कैद भुक्तान भइसकेको देखिँदा निजका सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुन वाञ्छनीय देखियो ।’

साथै इजलासले अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए चार्ल्स शोभराजलाई आजै कैदबाट छाडेर १५ दिनभित्र देश फर्काउन आदेश दिएको छ । ‘अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएो १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ, ‘सम्बन्धित जिल्ला अदालतमार्फत कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनू ।’

यस्तो छ सर्वोच्चले दिएको आदेश :charls1 1671627023charls2 1671627042charls3 1671627063

    सम्बन्धित समाचार...