१० बैशाख २०८२, बुधबार

शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’

Shapath2 1671694968

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो सवा एक बजेपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका हुन् ।

शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए । संसद सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिए । हिन्दीदेखि संस्कृतसम्मका भाषामा सांसदहरुले शपथ लिएका हुन् ।Shapath1 1671694968

 शपथपछि नवनिर्वाचित सांसदहरुलाई संसदको लोगो प्रदान गरिएको थियो । शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बोलाएको बैठकमा संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कूल दुई सय ७५ सांसद छन् ।

शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गरेका थिए । 

शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् ।

बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।

    सम्बन्धित समाचार...