
भारतमा एक प्रयोगशालामा काम गर्ने कर्मचारीलाई बाँदरले आक्रमण गरेर उनि संग भएका कोरोना पोजिटिव रगतका नमुना चोरेर भागेका छन । रोयटर्स ले जनाए अनुसार उक्त घटना भारतको मेरठ शहरमा भएको हो ।
प्रयोगशालाका टेक्नीशियनले एक सरकारी मेडिकल कलेजको क्याम्पसमा रगतका बक्साहरू बोकेर जाँदै थिए । रगत नमुना कोरोना संक्रमितहरुको रहेको र उनिहरु सोही अस्पतालामा उपचाररत रहेका जनाइएको छ ।
मेडिकल कलेज का उच्च पदस्थ कर्मचारी एस्.के गर्गका अनुसार बाँदरहरुले अकस्मात आक्रमण गरी नमुना चोरेर भागेका थिए । चोरिएका नमुनालाई बाँदरहरुले रुखाको टुप्पोमा लगेर चपाएका पनि थिए ।
यसरी बाँदरले नमुना लगेर चपाएपछी मेडिकल कलेज वरपर बस्नेहरु माझ भयको वातावरण सृजना भएको छ ।
तर डा. गर्गका अनुसार हालसम्म “बाँदरहरूबाट संक्रमण भएको कुराको पुष्टी भएको छैन” ।