९ बैशाख २०८२, मंगलवार

विदेशमा रहेका नेपालीका लागि रविले खुलाए सिईओ पदको भ्याकेन्सी

rabi.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन् ।

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका हुन् ।

उनले व्यवस्थापनमा दखल राख्ने र स्वदेशमै केही गर्न इच्छुक व्यक्तिको खाँचो रहेको बताएका छन् ।

आफूजस्तै विदेशबाट फर्किएकाका लागि अवसर भएको भन्दै लामिछानेले विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब सुविधा सहित आफैं एयरपोर्टमा लिन आउन तयार भएको बताएका छन् ।

यसका लागि आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन लामिछानेले अनुरोध गरेका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधासहित म एयर्पोटमा स्वागत गर्न तयार छु ।’

साथै उनले इच्छुकलाई आफ्नो सीभी पठाउन आग्रहसमेत गरेका छन् ।