९ बैशाख २०८२, मंगलवार

बुद्ध र यतीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट परीक्षण उडान (फोटो फिचर)

IMG 2495.JPEG

भर्खरै निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण भएको छ । नेपालका निजी क्षेत्रका दुई विमान कम्पनीले नयाँ विमानस्थलमा जहाज ओरालेका हुन् । जनवरी १ तारिखका दिनदेखि औपचारिक उद्घाटन गर्न लागिएको विमानस्थलमा बुद्ध र यतीले बिहीबार डेमो फ्लाइट गरेका हुन् । 

दुवै कम्पनीले हाल चालू अवस्थामा रहेको पुरानो विमानस्थलबाट एटिआर–७२ जहाजमार्फत नयाँ विमानस्थलमा उडान भरेका हुन् । दिउँसो २ बजेतिर यतीले उडान भरेको १ घण्टापछि बुद्धले उडान भरेको हो । दुवै विमान ७२ सिट क्षमताका हुन् ।

विमानमा पोखराका मेयरदेखि हवाई क्षेत्रका पदाधिकारी, पर्यटन व्यवसायी र सन्चारकर्मीहरु यात्रु थिए । विमानका कर्मचारीलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान गरिएको नागरिक उयन प्राधिकरण पोखरा कार्यालयका प्रमुख विक्रम गौतमले जानकारी दिए । 

IMG 2493.JPEG
IMG 2488.JPEG
IMG 2496.JPEG
IMG 2499.JPEG
IMG 2501.JPEG
IMG 2503.JPEG
IMG 2509.JPEG
IMG 2511.JPEG
IMG 2510.JPEG
IMG 2513.JPEG
IMG 2514.JPEG
IMG 2495.JPEG

    सम्बन्धित समाचार...