
सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाले गृह मन्त्री रामबहादुर थापा बादल हाँसे पानी पर्ने टिप्पणी गरेका छन्। उनले वीरबल हाँसे पानी पर्ने आहान जस्तै गृहमन्त्री थापा हाँसे बादल सहित पानी पर्ने टिप्पणी गरेका हुन्। खतिवडाको टिप्पणीले संसदमा सहभागि मन्त्रीहरु हाँसेका थिए।
उनले गाँजा खेतीलाई वैधानिकता दिने विधेयक नआएकोको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराए। त्यस्तै जेलको सुधारमा ध्यान नपुगेको टिप्पणी गरे।
विनियोजन विधेयकका मन्त्रालयगत छलफलमा बोल्न छोटो समय पाएका खतिवडाले उर्जा मन्त्रालयको बजेट हेर्दा विगतमा को को मन्त्री भएका थिए भन्ने पत्ता लाग्ने भन्दै व्यङ्ग गरे। उनले अब आगामी वर्षहरुमा बजेटमा रोल्पा जिल्ला थपिने अवस्था रहेको उल्लेख गरे।