७ बैशाख २०८२, आईतवार

कवि हुनु बैँसको उत्ताउलोपन हो : अध्यक्ष ओली

kp oli

पोखरामा जारी लिटरेचर फेस्टिभलमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् । १० औँ संस्करणको फेस्टिभल बुधबारदेखि सुरुभएको हो । उनी शुक्रबार विशेष आमन्त्रणमा कार्यक्रममा सहभागी भएका हुन् ।

कार्यक्रमको सेग्मेन्ट अन्तर्गत अध्यक्ष ओलीको अन्तर्वाताको भयो । उक्त अन्तर्वार्ता विशुद्ध सहित्यका बारेमा थियो । उनले झन्डै एक घण्टा लामो अन्तरर्वार्ता दिए ।

कार्यक्रम प्रस्तोताले बैँसमा मानिस कम्युनिस्ट र कवि दुवै हुन्छ रे ? भन्ने प्रश्न गरेका थिए । उनले जोशिलो पारेमा जवाफ दिइहाले– कवि हुनु बैँशको उत्तौलोपन हो ।

अन्य स्थानमा जस्तै उनको बोली खस्न नपाइ हलभरी हाँसो फैलियो । उनी पनि मुसुमुसु हाँसे ।

प्रस्तोताले सोधे कसरी ?

उनले जिब्रो चिप्लिएको पत्तै पाएनन् । उनले उत्तरलाई विस्तार गर्दै गए, ‘बैँसमा मानिस कम्युनिस्ट र कवि दुवै हुन्छ भन्ने कुरा गलत हो । कवि हुनु बैसको उत्ताउलोपन हो ।’

साहित्यको ठूलो पाटो कविता हो । उनले साहित्यमा लगाव राख्नुलाई उत्ताउलोपनको संज्ञा दिए ।

तर, कम्युनिस्ट बन्नु भनेको समाजलाई समृद्धितर्फ लैजान वृद्ध अवस्थासम्ममा पनि निरन्तरता दिनु हो भन्ने उनको असहाय थियो । उनले भने, ‘समाजिक न्याय, समानता, समृद्धि खोज्ने पनि उत्ताउलोपन हो र ? पछि परिपक्व भएपछि समाजिक न्याय, समानता किन चाहियो ? समृद्धि किन चाहियो ? समृद्ध नेपाल सुखी नेपाली किन चाहियो ? त्यसो हो र ?’

उनको भनाइको अर्थ हो– बैँसका मात्र नभएर परिपक्क मानिस पनि कम्युनिस्ट हुन्छन् ।

पछि उनले चप्लिएको महसुस गरेर कुरा सच्याए । कविता पनि साहित्यको पाटो रहेको बताउँदै उल्टै प्रस्तोतालाई प्रश्न गरे– साहित्य पनि कहिले बैँसमा हुने कुरा हो र ?

कुरा मिलाउन माहिर उनले विभिन्न कुरा गरेर परिपक्क उमेरका पनि कवि हुन्छन् भन्दै पाका उमेरका व्यक्तिका नाम लिए । कुरालाई सामसुम पारे ।

कार्यक्रममा ओलीले साहित्यमा आफ्नो अनुभव, लेख, रचानाको बारेमा कुरा गरेका थिए । उनले आफ्नो मिर्गौलाको दोस्रो अप्रेसन सफल भएपछि अस्पतालको बेडमा गीत लेखेको अनुभवसमेत सुनाएका थिए ।