८ बैशाख २०८२, सोमबार

राजालाई सयरपिच्छे दरवार चाहिए जस्तै, राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन : कांग्रेस नेता सांसद गिरि

pradip giri speaking at house

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारत, चीन र अमेरिकामा मात्रै नेपालको दूतावास राख्न सुझाव दिएका छन् ।

समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारत, चीन र अमेरिका तीन देशमा मात्रै राख्न सुझाव दिए । प्रतिनिधि सभाको आइतबारको बैठकमा नेता गिरिले अरु देशमा राजदूतावास नराखेर खर्च कटौती गर्नुपर्ने बताएका हुन् ।

विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा नेता गिरिले यी तीन देशबाहेक अन्य देशमा राजदूतावास नराखेर खर्च कटौती गर्नुपर्ने बताएका हुन् ।

‘हाम्रो देशलाई काम लाग्ने देश मन पराए पनि नपराए पनि हिन्दुस्तान हो, चीन हो अमेरिका हो’ गिरिले भने, बाँकी मुलुकमा कुनै समय राजालाई हर सयरपिच्छे दरवार चाहिए जस्तै, अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन ।’

गिरिले अगाडि भने, ‘सानो ब्रसेल्सले सिंगो युरोप चलाउन सक्छ । साउदी अरेबियामा मजदूर जान्छन ठीक छ । त्यो खर्च कटौती गर्नुहोस् ।’

कार्यकर्तालाई नियक्ति दिन मात्रै राजदूतावास राख्नुको औचित्य नरहेको उनको भनाइ छ । ‘कुटनीतिका विषयमा हामीले बुद्धि पुर्याइरहेका छैनौं । कुटनीतिक ढङ्गले गर्नुपर्ने कामको साटो विदेशको नियुक्तिलाई कार्यकर्ता पाल्ने बनाएका छौं ।’

मन पराए पनि नपराए पनि हामीलाई काम लाग्ने देश तीन वटा हुन् भन्दै संसदमा गिरिले भने, ‘हाम्रो देशलाई काम लाग्ने देश मन पराए पनि नपराए पनि हिन्दुस्तान हो, चीन हो अमेरिका हो । बाँकी मुलुकमा कुनै समय राजालाई हर सयरपिच्छे दरवार चाहिए जस्तै, अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन ।’

कार्यकर्तालाई नियक्ति दिन मात्रै राजदूतावास राख्नुको औचित्य नभएको पनि उनले बताए । सानो ब्रसेल्सले सिंगो युरोप चलाउन सक्छ भन्दै गिरिले साउदी अरेबियामा मजदूर जान्छन् ठीक छ अरु खर्च कटौती गर्न आग्रह गरे ।

कूटनीतिक विषयमा हामीले बुद्धि पुर्याउन सकेका छैनौ भन्दै नेता गिरिले अहिले कूटनीतिका लागिभन्दा विदेशको नियुक्ति कार्यकर्ता पाल्ने बनाइएको टिप्पणी गरे ।

उनले, श्रीलंकाका लागि पूर्वराजदूत विश्वम्भर प्याकुरेलले एक वर्षमा फर्किएपछि रुँदै फजुलका राजदूतावास नबनाउन र सार्थक कूटनीति चलाउन गरेको प्रधानमन्त्रीलाई सुनाइदिन आग्रह गरे ।

‘श्रीलंकामा विश्वम्भर प्याकुरेललाई एक नियुक्त गरिएको थियो । उनी एक वर्ष पछि फर्किएर आई विराट टिभीमा बोलेका छन् । रुँदै भनेका छन्– केवल यस्ता फजुलका राजदूतावास नबनाउनुस्, सार्थक कुटनीति चलाउनुस् । दुई मिनेटमा हेरेर प्रधानमन्त्रीलाई यो सुनाइदिनुहोला ।

सांसद गिरिले प्रधानमन्त्रीमा दक्षता रहेपनि उनका सल्लाहकार ठीक नभएको पनि बताए । उहाँ (प्रधानमन्त्री)मा दक्षता छ, सल्लाहकार ठीक भएनन्’ गिरिले भने ।

राजा महेन्द्रले जस्तो चिठी र बोली फरक नगर्न सुझाव

परराष्ट्र मन्त्री, अर्थमन्त्रीलाई सोध्न चाहान्छु- विदेशका ती नियोगमा हामी कति व्यापार गर्छौं? कति नोक्सान छ? मलाई थाहा छ, परराष्ट्र नीतिको बारेमा हाम्रो देश चलाउने व्यक्तिलाई एकदमै कम चासो छ। कम जानकारी छ। आरोप लगाउन चाहान्छु।

परराष्ट्रमा नियोग चलाउँदाखेरी हामीले भूगोललाई हेर्नुपर्छ। हाम्रो मुलुकलाई काम लाग्ने देश, कसैले मन पराए पनि नपराए पनि, हिन्दुस्तान, चीन र त्यसपछि छ भने अमेरिका हो। बाँकी मुलुकसँग हामीले कुनै समय राजालाई हरेक सहरपिच्छे दरबार चाहिएजस्तै अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन। सानो ब्रसेल्सले सिंगो युरोप चलाउन सक्छ। त्यो खर्च कटौती गर्नुहोस्।

विदेश नीतिमा आइरहेका समस्या एमएमसिसीको विवाद छ। रोड एण्ड बेल्ट इनिसियटिभको बारेमा हामीले राय बनाउनु परेको छ।

हामीले भर्खरै हिन्दुस्तानमा मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई अस्त्र प्रयोग गरेजस्तै अस्त्र प्रयोग गरेका छौं। नक्सा अस्त्र। अब हामीले प्रयोग गरेको त्यो नक्सालाई विफल हुन नदिन जुन कुटनीति अपनाउनुपर्ने छ, के त्यस बारेमा हाम्रो मन्त्रालय सजग छ? त्यसमा हामीलाई मेड्रिडको राजदूतावासले कुनै सहयोग गर्न सक्छ? त्यसमा हामीलाई डेनमार्कको राजदूतावासले सहयोग गर्न सक्छ? गरे बरु बेइजिङले नै गर्ला। ध्यान पुर्‍याउनुस्। यदि अघि बढ्नु छ भने। होइन भने हिन्दुस्तानसँग लेनिदेनी गरेर बदलिएको परिस्थितिमा गणतान्त्रिक तबरले निर्णय गर्नुस्। राजा महेन्द्रले जस्तो एकातिर चिठी पाएर सुटुक्क काम गर्ने, अर्काेतिर उग्र भाषण गर्ने काम नगर्नुस्।

राजा महेन्द्र अत्यन्तै सफल र दूरदर्शी कूटनीतिज्ञ थिए। यो मेरो भनाई होइन, भारत, चीन र नेपालको सन्दर्भमा लेखिएको सबैभन्दा आधिकारिक पुस्तक लियो इ. रोजको ‘स्ट्राटेजी फर सर्भाइभल’, नेपाल कसरी बाँच्यो भन्ने विषयलाई हेर्नुस्।

कूटनीतिका विषयमा हामीले बुद्धि पुयाइरहेका छैनौं। कूटनीतिक ढंगले गर्नुपर्ने कामको सट्टा हामीले विदेशको नियुक्तिलाई आफ्नो कार्यकर्ता पाल्ने माध्यम बनाएका छौं।

श्रीलंकामा एकजना राजदूत विश्वम्भर प्याकुरेललाई नियुक्त गरिएको थियो। नेपाली कांग्रेसको पालामा गरिएको थियो। उनी त्यहाँबाट एक वर्षपछि फर्केर आएर आफ्नो विराट, क्रन्दन टिभीमा बोलेका छन्। रुँदै भनेका छन्– कृपया! यस्ता फजुलका राजदूतावास नबनाउनुस् र सार्थक कुटनीति चलाउनुस्।

अरु केही नभ्याए पनि हाम्रो विदेशमन्त्री र अर्थमन्त्रीले विश्वम्भर प्याकुरेलको अन्तरवार्ता हेरिदिनुहोला। हेरिसकेर हाम्रा प्रतिभाशाली प्रधानमन्त्रीलाई त्यो कुरा सुनाइदिनु होला। त्यसपछि उहाँ नक्सा अस्त्रको मोहबाट मुक्त भएर नेपाललाई सार्थक राजनीतितिर लैजानसक्नुहुन्छ। उहाँमा दक्षता छ । सल्लाहकार ठिक भएनन्।