
फाइल फोटो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका हुन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा सत्ता सहकार्यबारे छलफल गर्न उनी बालकोट पुगेका हुन् । सत्ता गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि प्रचण्ड र ओली मिलेर सरकार गठनको लागि छलफल थालेका हुन् ।