८ बैशाख २०८२, सोमबार

प्रधानमन्त्री देउवा पार्टीका नेताहरुसँग छलफलमा गठबन्धनका नेताहरु बाहिरिएपछि

pm deuba
फाइल फोटो

सत्ता गठबन्धनका नेताहरु बालुवाटारबाट बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरुसँग छलफल थालेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको गठबन्धनको बैठकमा भावी प्रधानमन्त्री को बन्ने भन्ने विषयमा छलफल निष्कर्षमा नपुगेपछि दाहाल र नेपाल बालुवाटारबाट बाहिरिएका हुन् ।

गठबन्धनका नेताहरु बाहिरिएसँगै प्रधानमन्त्री देउवाले पार्टीका नेताहरु रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग छलफल गरिरहेका छन् ।

गठबन्धनमा आबद्ध दलहरुबीच शक्ति बाँडफाँडमा सहमति जुटाउन सकस भइरहेको छ । यद्यपि, राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको एक साताको समय आज सकिँदैछ ।

    सम्बन्धित समाचार...