१६ बैशाख २०८२, मंगलवार

अफरैअफर ओलीलाई: मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे

320296341 691791219277429 2758686690794844804 n.jpg

प्रधानमन्त्रीमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले गठबन्धन तोड्ने छाँट देखाएका छन् । अध्यक्ष दाहाल गठबन्धन सकियो भन्दै बालुवाटारबाट बाहिरिएपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन वार्ता गरेका छन् ।

एमालेको सहयोगमा चुनाव जितेका जनता समाजवादी पार्टीका नेता अशोक राईका अनुसार टेलिफोनमा देउवाले ओलीलाई कांग्रेस-एमाले मिलेर सरकार गठन गर्न आग्रह गरेका थिए । राईले भने, ‘म ओली जीसँग बालकोटमा कुराकानी गर्दै थिएँ । ओलीलाई देउवाले फोन गरेर मिलेर सरकार बनाउन प्रस्ताव राख्नुभयो ।’

टेलिफोन वार्ताको केही समयपछि अध्यक्ष दाहाल बालकोट पुगेका हुन् । उनले ओलीलाई वामपन्थी सरकार निर्णाणको प्रस्ताव गरेका छन् । दाहाल पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई लिएर बालकोट पुगेका हुन् ।

नयाँ सरकार गठनको दौडमा रहेका दाहाल, स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरुको छलफल ओलीनिवासमा भइरहेको छ ।