१० बैशाख २०८२, बुधबार

शंकर पोखरेल राष्ट्रपति कार्यालय जादै

shankar pokhrel
फाइल फोटो

एमालेका माहासचिव शंकर पोखरेलले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमतसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा र संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनको सहमति भएको उनले बताए । 

बैठक सकिएको र शीर्ष दलका नेताहरू राष्ट्रपति निवास शीतल निवासतर्फ जाने भएका छन् । उनका अनुसार १६६ सांसदको समर्थनसहित राष्ट्रपति कार्यालय जान लागिएको हो ।