
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बूढानीलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।
नेकपा एमालेलगायत दलले आइतबार माओवादी अध्यक्ष दाहाललाई समर्थन दिएसँगै नयाँ सरकार बनेको हो । दाहाल हिजै (आइतबार) राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भए पनि आज सोमबार साँझ चार बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
संसद्मा सबैभन्दा ठूलो दल मानिएको नेपाली कांग्रेस आफ्नै हठका कारण अहिले प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको छ । प्रतिपक्ष केन्द्रमा मात्र नभइ सातै प्रदेशमा नेतृत्वको अवसर नपाउने अवस्था देखिएको हो ।