
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पोखरामा जारी लिटरेचर फेस्टिभलमा सोमबार उनले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई पार्टीको बैठकमा सहभागी हुन फोन नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
गठबन्धलाई अन्तिम निर्णय दिन आइतबार बालुवाटारमा पार्टी सभापति देउवाले राखेको बैठकमा नबोलएका कारण नगएको महामन्त्री थापाको भनाइ छ।
उनले भने, ‘मैले पत्रिकामार्फत सभापतिले पहिला पार्टीको बैठक राखेर गठबन्धनलाई निर्णय दिन्छु भनेको थाहा पाएँ । हिजो सभापतिको फोन आउँछ भनेर कुरेर बसेको थिएँ । पार्टी भित्र त म अवश्य पर्छु । पार्टी कार्यालयमा बठैक भएको थिएन, निवासमा भएको थियो । घरमा नबोलाई कसरी जानू ? सभापतिले बोलाइने मान्छेमा म पर्छु भनेर प्लेनको टिकट १० बजेबाट १२, १२ बजेबाट २ बजेमा सार्दै बसेको थिएँ ।’
साथै उनले पार्टीको संसदीय दलको नेताको निर्वाचनको अनुभव रोचक तरिकाले सुनाए । उनले भने, ‘दलको नेताको चुनाव लुडो जस्तो भयो । भर्याङ चेढेर केही माथि पुगेको थिएँ । विश्व दाई र प्रदीपले समर्थन गरेपछि थप भर्याङ चढौं भनेको नागबाट तल पुगेँ ।’