१६ बैशाख २०८२, मंगलवार

गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण, पहिलो निर्णय: निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

rabi

नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् ।

पदभारका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले निर्मला पन्तको बारेमा गृह सचीव बिनोद सिंहसँग जिज्ञासा राखेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।