१५ बैशाख २०८२, सोमबार

लामिछानेको नागरिकता छानबिन माग गर्दै प्रदर्शन, नेविसंघका नेता पक्राउ

pakrau

नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका नेता पक्राउ परेका छन् ।

शीतल निवासभित्र लामिछानेले गृहमन्त्रीको शपथ लिइरहँदा बाहिर भने नेविसंघले नागरिकता छानबिन माग गर्दै प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य गिरी पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिई उम्मेदवार बनेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार...