८ बैशाख २०८२, सोमबार

हरर फिल्म ‘ची मुसी ची’को नयाँ गीत ‘कथा’ सार्वजनिक

Capture 9

नेपाली चलचित्र ‘ची मुसी ची’को नयाँ गीत ‘कथा’ सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।

आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बलि चढाएको कथा फिल्ममा देखाइएको छ । गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले चलचित्र सोचेजस्तो हरर थ्रिलरको नभएको बताइन् । उनले दर्शकले तर्साउने किसिमको मात्रै चलचित्र छ भन्ने सोचेर जानु नहुने बताइन् । चलचित्र एक बालकको कथावस्तुमा आधारित रहेको पनि बताइन् ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ । फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी छ । सुशन प्रजापतिले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन् । चलचित्र आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन हो ।

    सम्बन्धित समाचार...