
देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू-भागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।