९ बैशाख २०८२, मंगलवार

१० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस प्रधानमन्त्री प्रचण्ड टोपी प्रदान गर्दै मनाईयो

321964177 2406502289506243 8298049286913656600 n

१० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली टोपी प्रदान गर्दै मनाएको छ । “हाम्रो टोपी हाम्रो शान“ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउदै आएको नेपाली टोपी दिवसको अवसरमा यसपाली पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको उद्घाटन समारोहमा प्रधानमन्त्रीलाई नेपाली टोपी दिएर मनाईएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले बताए।

नेपाली टोपी सहित राष्ट्रिय पोशाकको पहिचान र सम्बर्द्धन गर्न राज्यले प्रमुख भुमिका खेल्नुपर्ने कुरामा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण समेत गराएको छ। उक्त अवसरमा प्रतिष्ठानले पुर्व पर्यटन मन्त्री योगेश भट्टराई, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायतलाई नेपाली टोपी लगाएको थियो। त्यस्तै प्रतिष्ठानले अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरुलाई पनि नेपाली टोपी लगाउदै नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।

विगत ९ वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता वचाउनु रहेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाट वताउछन्।
ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।

त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो । ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्रा हो।

320819595 2427580197404718 458307219743596785 n
321778670 911704343155753 8568281907329614226 n
321964177 2406502289506243 8298049286913656600 n
322009551 528549419232914 951321277549372192 n

    सम्बन्धित समाचार...