
इरानले आफ्ना सैन्य कमाण्डर कसिम सुलेमानीबारे अमेरिकालाई सूचना दिने नागरिकलाई मृत्युदण्ड दिने निर्णय गरेको छ।
मंगलबार इरानको एक अदालतले सुलेमानी कहाँ छन् भनेर अमेरिकालाई जानकारी दिने एजेन्टलाई छिट्टै मृत्युदण्ड दिने बताएका हो।
सन् २०२० को जनवरी ३ मा अमेरिकाले ड्रोन आक्रमण गरेर इराकमा सुलेमानीको हत्या गरेको थियो । सुलेमानी इरानी सेनाका शीर्ष अधिकारी, उदीयमान नेता र कुद्स फोर्सका प्रमुख थिए । उनले इजरायल र अमेरिकाविरुद्ध ठूला अभियान सञ्चालन गरेका थिए ।
सुलेमानीले मध्यपूर्वमा अमेरिकी सुरक्षा फौजमाथि आक्रमण गर्न मास्टरप्लान बनाइरहेको अमेरिकाको आरोप थियो।
समाचार संस्था रोयटर्सका अनुसार, इरानको सर्वोच्च अदालतका प्रवक्ता गुलाम हुसैन इस्माइलीले मंगलवार एक टीभी कन्फरेन्समा भने, ‘महमूद मूसवीले सीआईए र मोसादका लागि जासूसी गरेका छन् । त्यस अपराधका लागि उनलाई मृत्युदण्ड दिइनेछ । मूसवीले नै सुलेमानीको सूचना शत्रुहरूलाई दिएका हुन् ।’
‘सिआइए र मोसदका एजेन्ट महमउद मौसावी-मज्दललाई मृत्युदण्ड दिइएको छ। उनले सुलेमानी कहाँ छन् भन्ने जानकारी हाम्रा दुश्मनहरूलाई दिएका थिए,’ अदालतका प्रवक्ताले भनेका छन्।
सुलेमानीको हत्यापछि इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा जवाफी आक्रमण गरेको थियो। तर उक्त आक्रमणमा अमेरिकी सेनातर्फ कुनै क्षति भएको थिएन। एजेन्सी