
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लाग्नेको छ।
आज दिउँसो र राती तराईका धेरै भू-भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले बाक्लो हुस्सु र कुहिरोले तराईको दैनिक जन जीवनमा प्रभाव पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ ।