९ बैशाख २०८२, मंगलवार

निराकर पाण्डेको शव स्वदेश ल्याउन लाग्ने खर्च सरकारले बेहोर्ने

निराकर पाण्डे

कम्बोडियाको एक क्यासिनोमा आगोलागीमा परी निधन भएका झापाका निराकर पाण्डेको शव स्वदेश ल्याउन सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको पार्थिव शरीर ल्याउन आवश्यक पहल र अर्थिक सहयोग सरकारले बेहोर्ने निर्णय गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडलले शुक्रबारको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पाण्डेको शव नेपाल ल्याउन सरकारले पहल गर्ने साथै आर्थिक सहायता प्रदान गर्ने जानकारी दिए ।

अर्थमन्त्री पाण्डेले भने, ‘बैठकमा कम्बोडियाको क्यासिनोमा भएको आगोलागीमा ज्यान गुमाएका झापाका दिनाकार पाण्डेको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक पहल र लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।’

गत शुक्रबार कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा पाण्डेसहित २४ जनाको ज्यान गएको थियो । पाण्डे थाइल्यान्डबाट घुम्न कम्बोडिया पुगेका थिए ।

आगोलागी हुँदा उनी होटलको १२ औं तल्लामा थिए । आगलागीपछि उनी होटलको कोठामा थुनिएका थिए । आगोबाट बच्न होटलको १२ औं तलाबाट हाम फाल्दा उनको निधन भएको हो ।

    सम्बन्धित समाचार...