८ बैशाख २०८२, सोमबार

‘चिनी कम रंग कडा’ को लिरिकल भिडियो ‘सुगन्धि चक्षुले’ सार्बजनिक

chini kam rang kada

बिबेक घिमिरे निर्देशित फिल्म “चिनी कम रंग कडा”को सुगन्धि चक्षुलेु बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ । मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर रहेको छ ।

मानव सुबेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा याकोपो राचलिक र लुक मौसेरीको छायांकन, मानव सुबेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्मलाई ओटिटि प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको छ । यस अघि फिल्मको टिजर सार्बजनिक गरिएको थियो

https://www.youtube.com/watch?v=mWXGvtDuAOE&feature=youtu.be&fbclid=IwAR3x2PogYUPz7oKdWIZSlk5CDbM-0Rd2xYHWsG62GDWo-aAXEbYFok3-Bvc

    सम्बन्धित समाचार...