
प्रदेश १ सरकारले विदेशमा रहेकाहरुको अनलाइनबाट तथ्यांक संकलन शुरु गरेको छ ।
विदेशमा रहेका र घर फर्कन चाहेका नागरिक र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकको तथ्यांक संकलनका लागि प्रदेश सरकारले अनलाइन फारम संचालनमा ल्याएको हो । मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गरेका उक्त फर्म https://helpline.p1.gov.np/ बाट भर्न सकिनेछ भने उक्त फर्म योजना आयोगमा रहनेछ ।
विदेशबाट फर्कन चाहेका, फर्किएका युवाहरुको सिपलाई हाम्रो प्रदेशको विकासमा लगाउन चाहन्छौं, मुख्यमन्त्री राईले भने् । यो फारमले आफ्ना नागरिकहरुको सिपलाई प्रयोग गरिने मुख्यमन्त्री शेरधन राईले बताए ।
तथ्यांक संकलन हुने फारममा युवाहरुको रुचीका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने उनको भनाई छ । विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई उद्यममा जोड्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राईले बताए ।
यो तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताए ।
तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नुका साथै जिल्ला समन्वय समितिमा डेस्क बनाउने उनको भनाई छ ।