
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार तीन जना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको पाइएको छ ।
बेटिङ र फिक्सिङमा नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सन्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको संग्लग्नता भएको संकेत मिलेको सीआईबीले जनाएको छ ।
सीआईबीले शंकामा रहेका खेलाडीहरुसँग बयान लिइसकेको छ । एउटा खेलाडीले एउटा खेलमा स्पट फिक्सिङ गरेबापत १० लाखभन्दा कम लिने गरेको अनुसन्धानमा पाइएको सीआईबीले जनाएको छ ।