
देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिन अनुसार भोलि (मंगलबार) देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यत: सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै (बुधवार) सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।