
सत्ता गठबन्धनले प्रदेशमा आलोपालो सरकार चलाउने सहमति गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार साँझ बसेको सत्ता गठबन्धन बैठकले प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने गरी भागबन्डा मिलाएको हो ।
मधेस प्रदेशको पहिला जनता समाजवादी पार्टीले र आधा कार्यकालपछि जनमत पार्टीले सरकारको नेतृत्व गर्ने भएको छ । वाग्मती प्रदेशमा माओवादी र एमालले आलोपालो सरकार चलाउने सहमति जुटेको छ । यहाँ माओवादीले पहिले सरकारको नेतृत्व गर्ने भएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशमा एमाले र कर्णालीमा माओवादीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने भएको छ । सुदूरपश्चिममा पहिले एमाले र त्यसपछि माओवादीबाट मुख्यमन्त्री बन्ने गरी आलोपालो सरकार सञ्चालन हुने भएको छ ।
प्रदेश १ मा एमालेका हिक्मतबहादुर कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । उनले पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने भएका छन् । साथै आजको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रुपमा सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।