
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् ।
संसद अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्याक्ष ओलीले भोलि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने र विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका हुन् ।
उनले सरकारलाई बधाई दिँदै सहज परिस्थिति नरहेको र सरकारको अगाडि चुनौतीहरु रहेको बताए ।
व्यक्तिका लागि नभई देश र जनताको उन्नतीका सरकार बन्नु पर्ने अध्यक्ष ओलीको जोड छ ।