९ बैशाख २०८२, मंगलवार

जनताले परिवर्तन आवश्यक ठानेर घण्टी बजाएका हुन् : रवि लामिछाने

Rabilamichhane 1673253472

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुको विजय जनताले परिवर्तन आवश्यक ठानेर बजाएको घण्टीको ध्वनी भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले जनमतअनुसारको सरकार बनेको जिकिर गरे ।

म र मेरा दलका नेताबाट कुनै पनि दु:ख दिने काम हुने छैन । हामी कुनै काण्डमा मुछिने छैनौं ।

उनले आफूलाई सबैभन्दा बढी मतान्तरले विजयी गराएकाले चितवन क्षेत्र नं. २ का मतदातालाई धन्यावाद पनि दिए ।

    सम्बन्धित समाचार...