
फाइल फोटो
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत निर्वाचनमा जनताले कुनै पनि पार्टीलाई पूर्ण विश्वास नगरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यक्ष लिङ्देनले जनताले सबै विचार बोकेका पार्टीलाई सम्बोधन गरेको बताए । उनले भने, ‘यो जनमत हेर्दा जनताले कुनै एउटा दललाई विश्वास गर्न सकेनन् । यो पटकको जनादेशले सबै पार्टीलाई तिमी कुनै फरक विचारको पार्टीलाई निषेध गरेर अगाडि बढ्न सक्दैनौं भनेको छ ।’
उनले अघिल्लो प्रतिनिधिसभाको अन्त्यमा आफूले घोषणा गरेको कुरा पूरा नभएको जानकारी दिए । उनले भने, ‘अघिल्लो बेला संसद् छोड्ने बेला धेरै सांसद् लिएर आउँछु भनेको थिए । त्यो सकिनँ । तर जनताको बलियो प्रतिनिधिका रुपमा हामी उपस्थित भएका छौं ।’
उनले विचारभन्दामाथि देश भएकाले सम्पूर्ण दललाई मुलुकका समस्या समाधान गर्न आग्रसर हुन आग्रह गरे ।