
प्रचारमा कुनै कसरी बाँकी नराखिएको नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ भोलीदेखि रिलिज हुदै छ। रिलिजको दुई दिन अघि चलचित्रको चितवनमा भव्य प्रिमियर आयोजना गरिएको थियो । लक्की मिडिया हाउसले आयोजना गरेको प्रिमियरमा यसका निर्देशक रमेश एम के पौडेल, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार सन्दीप क्षेत्री उपस्थित थिए ।
प्रिमियरमा साम्राज्ञी बोल्ड अवतारमा प्रस्तुत थिइन् भने दर्शक प्रतिक्रियाबाट नायक खड्का उत्साहित देखिए । चितवनका दर्शकमाझ प्रस्तुत गरिएको फिल्मले देशैभर राम्रो व्यापार गर्ने निर्माता तथा निर्देशक पौडेलको विश्वास छ ।
फिल्मले लभ स्टोरी कथा भन्छ । पुष्पका लागि मरिहत्ते गरेकी साम्राज्ञी र उनको जीवनमा आइपर्ने उतारचढावमा चलचित्र निर्माण भएको छ ।
भोलीबाट हलमा लाग्ने यस चलचित्रलाई साउथका २ चलचित्र भोलि रिलिज हुने संभावना नदेखेपछि प्रदर्शकले मल्टिप्लेक्समा शोज बढाएका छन् ।
‘तिम्रो मेरो साथ’लाई क्यूएफएक्सले १८ शोज दिएको छ । वान सिनेमाज्, बीग मुभिज लगायतका हलमा पनि दुवै नेपाली फिल्मको शोज बढेको छ ।






