७ बैशाख २०८२, आईतवार

तीन विनाविभागीय मन्त्री थपिए प्रदेश १ मा

HikmatKarki 1673173857

प्रदेश १ मा तीनजना विनाविभागीय मन्त्री थपिएका छन् ।

मन्त्री थपिएसँगै प्रदेश १ सरकार सात सदस्यीय भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरी सात सदस्यीय बनाएका हुन् ।

मुख्यमन्त्री कार्कीले कुनै पनि मन्त्रीलाई जिम्मेवारी दिएका छैनन् । सबै मन्त्री विनाविभागीय छन् । सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कार्की आफैंसँग राखेका छन् । शुक्रबार थपिएका मन्त्रीमा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारी तथा नेकपा माओवादी केन्द्रबाट जीवन आचार्य र दुर्गाप्रसाद चापागाई छन् ।

राजभण्डारी सोलुखुम्बु (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । त्यस्तै माओवादी केन्द्रबाट मन्त्री भएका आचार्य मोरङ क्षेत्र ६ (१) बाट निर्वाचित हुन् भने चापागाईं तेह्रथुम (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । माओवादीबाट मन्त्री बनेका आचार्य प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ हुन् ।

पार्टीमा कनिष्ठ भएपनि प्रधानमन्त्री दाहालको ज्वाइँ भएकै कारण मन्त्री बनाएको भन्दै कार्यकर्ता असन्तुष्ट जनाएका छन् ।

    सम्बन्धित समाचार...