
यति एयरलाइन्सको विमान दुर्घटनमा ज्यान गुमाएका ६४ जनाको शव संकलन गरिएको छ ।
३१ जनाको शव घटनास्थलबाट अस्पताल पुर्याइएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए । उनका अनुसार ३३ को शव दुर्घटना स्थलमै संकलन गरेर राखिएको छ ।
उद्धार टोलीले थप आठ जनाको खोजी गरिरहेको छ ।
आइतबार (आज) बिहान चार चालक दलका सदस्यसहित ७२ जना सवार विमान पोखरा विमानस्थल नजिक सेती खोँचमा दुर्घटनमा परेको थियो ।