१५ बैशाख २०८२, सोमबार

प्रमुख जिल्ला अधिकारी केसी भन्छन् – एकजना पनि जीवित उद्धार गर्न सकेनौं

Yati Airlines crash

पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ६८ जनाको शव भेटिएको छ भने अझै चार जना बेपत्ता छन् ।

३३ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी कान्तिपुर टीभीलाई जानकारी दिए । उनका अनुसार ४ जना अहिलेसम्म भेटिएका छैनन् । प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘उद्धार जारी छ । अहिलेसम्म हामीले जीवित उद्धार गर्न सकेनौं । चार जना भेटिएका छैनन् । जीवित फेला पार्ने सम्भावना कमै छ ।’

प्रमुख जिल्ला अधिकारी केसीले पोस्मार्टम र सनाखतका लागि डीएनए जाँच गर्न शवलाई काठमाडौं पठाउने तयारी भइरहेको जानकारी दिए ।

६९ जनाले ज्यान गुमाए

आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएका छन् । 

यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको खोजीकार्य जारी छ । 

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६९ जनाको शव फेला परेको भए पनि तीन जनाको अझैँ बेपत्ता रहेका छन् । 

विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको शव भोलि आफन्तलाई जिम्मा लगाइने

पोखरामा भएको विमान दुर्घटना ज्यान गुमाएकाहरूको शव सोमबार (भोलि) परिवारको जिम्मा लगाइने भएको छ । दुर्घटन स्थलबाट ६८ जनाको जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ ।

पोखराबाट नजिक घर भएकाको शव पोखरामै आफन्तको जिम्मा लगाइने तयारी छ । काठमाडौंबाट शव ल्याउन आफन्तलाई झन् दुख हुने भएकाले पोखरामै शव जिम्मा लगाउने तयारी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले कान्तिपुर टीभीलाई जानकारी दिए । उनले भने, ‘पहिचान भए पोखरा तिरका मान्छेको शव यही जिम्मा लगाउने कुरा छ । धेरै शवको पहिचान गर्न सक्ने अवस्था छैन । पहिचान हुन नसक्ने शव चाहिँ डीएनएका लागि काठमाडौं पठाउँछौं ।’

विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं नै ल्याउने तयारी भइरहेको । अन्य शवसँगै उनीहरूलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइने छ ।

दुर्घटना स्थल खोँच र अप्ठयारो भएकाले चार जना अझैँ बेपत्ता छन् । बत्ती बालेर नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटिरहेका छन् । प्रमुख जिल्ला अधिकारीले भने, ‘राति भएपनि प्रहरीहरू उद्धार कार्य छोडेर हिड्न मिल्दैन । खोँच र अप्ठआरो भएकाले चार जना अझै बेपत्ता छन् । राति सबै शव संकलन गरेर भोलिसम्म परिवारको जिम्मा लगाउने हाम्रो तयारी हो । एक जना पनि जीवित उद्धार गर्न हामीले सकेनौं ।’

आइतबार (आज) पोखरा विमानस्थल नजिक सेती खोँचमा यति एअरको विमान दुर्घटनमा भएको थियो । उक्त विमानमा चार चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

विमान दुर्घटनाको शोकमा यति एअरलाइन्सले भोलि उडान नगर्ने

यति एअरलाइन्सले विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको शोकमा सोमबार (भोलि) का सबै उडान रद्द गरेको छ ।

एअरलाइन्सले आइबार साँझ एक विज्ञप्ति जारी गरी भोलि तय भएका आफ्ना सबै उडान रद्द गरिएको जानकारी दिएको हो ।

यात्रुहरूलाई पर्ने असुविधाप्रति क्षमा माग्दै एअरलाइन्सले आपतकालीन र उद्धारका उडान भने सुचालु हुने जानकारी दिएको छ ।

चालक दलका ४ सदस्यसहित ७२ जना सवार विमान पोखरा विमानस्थल नजिकै दुर्घटनाम भएको थियो ।

हेर्नुहोस् विज्ञप्ति :

32142697013250854282830368404250009279950513n 1673789037