
नेकपा माओवादी केन्द्रले सुदन किराती र रेखा शर्मालाई मन्त्री बनाउने भएको छ ।
शर्माले सूचना तथा सञ्चार मन्त्रालय र किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउने पक्का भएको एक नेताले बताए । शर्मा दाङ – २ र किराती भोजपुरबाट निर्वाचित सांसद हुन्।
सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार माओवादीले चार मन्त्रालय पाएको छ । जसअनुसार नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
थप एक मन्त्रीबारे माओवादीले टुंगो लगाउन बाँकी छ ।
सामान्य प्रशासनमा महिन्द्रराय यादवलाई पठाउने तयारी भएपनि जसपा सरकारमा सहभागी नहुने संकेतपछि सो मन्त्रालय भागबन्डा गर्दा माओवादिलाई थप १ पर्ने भएकोले सो विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।