
भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको मूल्यसूची थपघट गरेर पठाए पनि नेपाल आयल निगमले हालको मूल्यलाई नै निरन्तरता दिने भएको छ । निगमका अनुसार आईओसीले डिजेल र हवाइ इन्धनको मूल्य बढाएको छ भने पेट्रोलको मूल्य घटाएको छ ।
पेट्रोलियम पदार्थको आपूर्ति सुचालु राख्न, आईओसीको बक्यौता र नेपाल सरकारको ऋणको व्यवस्थापन गर्न अझै चुनौतिपूर्ण अवस्था रहेको बताउँदै निगमले विज्ञप्ति जारी गरी हालको मूल्य यथावत राखेको बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यको उतारचढावले लामो समयदेखि नोक्सानीमा सञ्चालन भएको बताउँदै निगमले प्रति सिलिन्डर ३५९ रुपैयाँ ५० पैसा घाटा रहेको जनाएको छ ।
त्यस्तै निगमले आईओसीको बक्यौता रकम कम गर्न सरकारसँग लिएको ऋणको प्रथम किस्ता र पुस मसान्तसम्मको ब्याज गरी ८८ करोड भुक्तानी गरेको गरेको बताएको छ । निमगले अझै १७ अर्ब ३० करोड तिर्न छ ।
