
काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
मलको भुइँतलामा उनले दिउँसो करिब १२ बजेतिर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
अन्दाजी ३० वर्षका विशाल लामिछाने गुरुङले आफ्नै शरीरमा आगो लगाएको र उनलाई तत्काल उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको काठमाडौं प्रहरीले जनाएको छ ।
उनले आगो लगाएको देख्ने बित्तिकै मलमा किनमेलका लागि पुगेकाहरु तथा सुरक्षा गार्डले पहिले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । घटनाको कारण खुल्न सकेको छैन ।