
प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ ।
बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् ।
सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ ।
विमान दुर्घटनामा निधन भएकाको आत्माको चीरशान्तिको कामना गर्दै संसदमा मौन धारण
प्रतिनिधिसभाले गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा निधन भएकाको आत्माको चीरशान्तिको कामना गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनमा निधन भएकाको आत्माको चीरशान्तिको कामना गर्दै उठेर एक मिनेट मौन धारण गरिएको हो ।
गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी शनिवार
प्रतिनिधिसभाको अर्को बैठक अब ७ माघ शनिवार बस्ने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठक अन्त्य गर्दै पशुपति शमशेर जबराले आगामी बैठकले उपसभामुख चयन गर्ने जनाकारी पनि दिए । आजको बैठकले देवराज घिमिरेलाई सभामुखको रुपमा चयन गरेको छ ।