
कोरोनाभाइरस महामारीपछि सरकारले लकडाउन गरेको ८१ औं दिन बिहीबार चितवनका युवाले सरकारविरूद्ध प्रदर्शन गरेका हुन्। स्वत:स्फूर्त रूपमा युवाहरूले सडकमा उत्रिएर सामाजिक दूरी कायम राखी प्रदर्शन गरेका हुन्।
‘कोरोना परीक्षणमा १०० प्रतिशत पिसिआर लागू गर, किट किन्ने हो कार्पेट होइन, दश अर्ब खोइ?, कर केका लागि?’ लेखिएका प्लेकार्ड बोकेर युवाले शान्तपूर्ण प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
‘नो पिसिआर नुन, तेल, बेसार कोरोनाको उपचार: डा. केपी ओली’ लेखिएको प्लेकार्ड प्रदर्शनमा उत्रिएकाहरूले लिएका छन्।
प्रधानमन्त्री ओलीले संसदमा बुधबार नेपालीहरूको रोगप्रतिरोधात्मक क्षमता बढी भएको बताएका थिए।
कुनै पनि राजनैतिक झुकाव नभएको बताउने युवाहरुको समुहले आफ्ना ५ बुँदे माग राखेका छन्
प्रदर्शनकारिका ५ मुख्य मागहरु निम्न बमोजिम छन्:
१) १००% पिसिआर टेस्ट गराउनुपर्ने र टेस्टको दायरा बढाउनुपर्ने ।
२) क्वारेन्टाईन मृत्युशैया बनेका छन, भाईरस संक्रमणका केन्द्रबिन्दु बनेका छन त्यसैले तत्काल क्वारेन्टाईनको गुणस्तर सुधार गर्नुपर्ने ।
३) मेडिकल क्षमता विस्तार गर्नकासाथै, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिको स्वास्थ्य सुरक्षा र स्वाभीमानको सुनिश्चितता गर्नुपर्ने ।
४) कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्बको विषयगत र सुप्ष्ट पारदर्शिता सार्वजनिक गर्नुपर्ने ।
५) असक्षम र अकर्मण्य सरकार जाग र नागरिकको जीवन रक्षा गर ! जवाफदेहिता कायम गर !
पोखरा









जनकपुर







काठमाण्डौं









बिरगंज







ललितपुर- सातदोबाटो




विराटनगर




चितवन


